लुम्बिनी राष्ट्रियसभा निर्वाचन मतगणना सुरु

दाङ - लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अगाडि सम्पन्न भएको निर्वाचनमा ३०४ जनाको मत खसेको छ । लुम्बिनी प्रदेशसभामा कुल ३०५ जना सदस्य छन् ।

रुपन्देहीको मर्चाबार गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको भोट नखसेको मुख्यनिर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । उनका अनुसार उपाध्यक्ष सिंह भारत गएका छन् । प्रदेशसभातर्फ ८७ मतमध्ये सबै र पालिकातर्फ २१८ मत मध्य २१७ मत खसेको छ।

मतपरिणाम आजै आउने निर्वाचन कार्यालयले जनाएको छ।