चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति

चीनतर्फ भारी वर्षा भएसँगै भोटेकोशी नदीमा एक्कासि ठुलो बाढी आउँदा रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भएको छ ।  लेदोसहितको ठुलो बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाउनुका साथै भन्सार पासका लागि तयारी अवस्थामा रहेका गाडीहरू बगाएको स्थानीय प्रशासनले बताएको छ । 

नदी किनारमा रहेको भन्सारको यार्ड (ड्राइपोट)मा बाढीले व्यापक क्षति गरेको छ । त्यहाँ  रहेका करिब १०० देखि १५० वटा गाडीमध्ये अधिकांश बाढीले बगाएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए । 

यस्तै कतिपय मानिसहरु समेत बगाएको आशंका गरिएपनि अहिलेसम्म आधिकारिक पुष्टि भने हुन बाँकी रहेको उनको भनाइ छ ।  बाढीसँगै पुल बगाएसँगै नेपाल–चीन स्थलमार्ग अवरुद्ध बनेको छ भने कैयन व्यापारीहरू समेत विपद्मा फसेका छन् ।