चलचित्र ‘ऐंचो पैंचो’को टिजर कस्तो छ ? 

काठमाडौँ - चलचित्र ‘ऐंचो पैंचो’को टिजर सार्वजनिक भएको छ ।

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार टिजर रिलिज गरिएको हो ।

कृषा चौलागाईंको डेब्यु निर्देशकिय चलचित्र केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।
https://youtu.be/S_IC2TnMiYs