आज कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा अहिले हल्का पानी परिरहेको छ ।
आज दिउँसो देशभर मौसम आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज राति कोशी प्रदेशको केही ठाउँ तथा बाँकी प्रदेशका पहाडी भागका थोरै ठाउँ र लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।