अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हिनन्दन गाउँपालिका–५ स्थित राजनारायण माध्यमिक विद्यालयका सहायक (लेखापाल) सुरेस गुप्ता र विद्यालय व्यवस्थापन समितिका सदस्य सुरेन्द्र प्रसाद कहार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
अख्तियारले बुधबार ६५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रकमसहित उनीहरूलाई लेखापालको कार्यकक्षबाट नियन्त्रणमा लिएको हो । उनीहरुले विद्यालयको भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी गर्नका लागि सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।