संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । उनलाई विराटनगरबाट पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमबहादुर दाहालले जानकारी दिए ।
उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ ।