काठमाण्डौँ- तानसेन नगरपालिकाको मुख्य आयोजनामा नेपालको ताज महल भनेर चिनिने रानि महलमा प्रेम दिवसको अवसर पारेर नाटा लुम्बिनी प्रदेश र नाटा पाल्पाको सहकार्यमा रानी महल ब्रान्डिङ गरिने भएको छ ।
फागुन २ गते मनाइने दिवसका दिन रानिमहलमा विशेष कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिए । कार्यक्रममा २५ विशेष जोडिले रातो गुलाबको फुल साटासाट गर्नेछन् ।
वि।सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटी पौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस– २ मा अवस्थित रानी महल दरबार नेपालकै ताज महलका रूपमा काली गण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशालीमै रहेको छ । रानी महल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुई वटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।