नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै लुम्बिनी प्रदेश सरकार

बुटवल - लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि आज नीति तथा कार्यक्रम ल्याउँदैछ।दाङस्थित प्रदेशसभा भवनमा आज प्रदेश प्रमुख अमिक शरेचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। 

असार १ गते आगामी वर्षको बजेट ल्याउन लागेको सरकारले त्यसअघि सरकारका प्राथमिकता समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको हो। नीति तथा कार्यक्रममा समावेश भएका योजना र सरकारको प्राथमिकतालाई ध्यान दिंदै बजेट ल्याइने छ।

नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत भएपछि सांसदहरुले छलफलमा भाग लिनेछन्। नीति तथा कार्यक्रम प्रदेशसभामा छलफल पछि पास गरेर सरकारले बजेट ल्याउने छ। सरकारको नीति तथा कार्यक्रममा कृषि तथा रोजगारीलाई प्राथमिकतामा राख्ने बताइएको छ। 

यस्तै, प्रदेशका गौरवका आयोजनालाई पनि प्राथमिकीकरण गरिएको छ। पर्यटन र शिक्षालाई पनि सरकारले प्राथमिकतामा राख्ने बताइएको छ।