रविन तामाङको स्वरको अन्तिम गीत ‘धुवाँ’ कस्तो छ ? 

काठमाडौँ - रकगायक रविन तामाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउँदै आइतबार अन्तिम संस्कार गरिएको छ । अभिनेतासमेत रहेका गायक तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

यसैबीच, रविनको स्वरमा रहेको अन्तिम गीत ‘धुवाँ’ सार्वजनिक गरिएको छ । निर्देशक तथा सम्पादक निरञ्जन पाण्डेले यो गीत फिल्मका लागि तयार पारेका थिए । तर रविनको निधन भएपछि उनलाई नै अन्तिम श्रद्धाञ्जली दिंदै यो गीत सार्वजनिक गरिएको हो ।

link:https://youtu.be/_3AexUYODD0