गुलाफमा पनि विदेशकै भर

काठमाण्डौँ - प्रेमको प्रतीक मानिने रातो गुलाफ पनि आयातमै भर पर्नुपर्ने अवस्था रहेको छ । यस पटक गुलाफको खेती कम भएका कारण यस वर्ष उत्पादन घटेपछि गुलाफ आयातमै पर्नुपर्ने अवस्था आएको हो ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान०का अनुसार फेबु्रअरी १४ मा मनाइने प्रेम दिवस ९भ्यालेन्टाइन डे०का लागि हरेक वर्ष साढे दुई लाखभन्दा बढी गुलाफ फूलको कारोबार हुने गरेको जनाएको छ ।

फ्यानका अध्यक्ष मीनबहादुर तामाङले प्रणय दिवसमा माग हुने रातो गुलाफको मागसँगै आयात पनि बढेको बर्ताए । कोरोनाका कारण विस्थापित भएका गुलाफ उत्पादक किसान पुनः सोही खेतीतर्फ नफर्केकाले यस वर्ष रातो गुलाफ उत्पादनमा कमी आएका र आयात वृद्धि गर्नुपर्ने अवस्था आएको उनले बताए ।

फ्यानका अनुसार यो वर्ष दुई लाख ८० हजार गुलाफका ‘स्टिक’ खपत हुने अनुमान गरिएकामा स्वदेशको उत्पादनले लगभग ७ प्रतिशत मात्रै धान्ने देखिएको छ । अघिल्लो वर्ष मागको १० प्रतिशत रातो गुलाफ नेपालको उत्पादनले धानेको र कोरोनाअघिका वर्षहरूमा नेपालको उत्पादनले २५ प्रतिशत लगभग माग धान्दै आएकामा पछिल्लो पटक उत्पादन क्रमशः घटेको फ्यानले जनाएको छ ।

फ्यानका अनुसार गत वर्ष ९० प्रतिशत आयात र १० प्रतिशत स्वदेशी उत्पादन थियो । चिसो र कम खेतीका कारण यस वर्ष उत्पादन थप घटेको छ । आगामी फागुन २ गते परेको प्रणय दिवसका लागि करिब दुई लाख ६० हजार स्टिम गुलाफ आयात हुनेछ भने आन्तरिक आपूर्ति २० हजार स्टिक मात्र रहेको फ्यानले जनाएको छ । प्रणय दिवस अवधिभर झन्डै दुई करोड ८० लाख रुपियाँसम्मको कारोबार हुने अनुमान छ । गोरखाप दैनिकबाट