तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिन भारतलाई पत्राचार

 

काठमाण्डौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन लाख मेट्रिक टन गहुँ आयात अनुमति दिनका लागि भारतलाई पत्राचार गरेको छ । 

बजारमा आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत तीन लाख मेट्रिक टन गहँ उपलब्ध गराउन पत्राचार गरेको हो ।