नेकपा(एमाले)का मधेस प्रदेशका सांसद दीपन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेकपा(एमाले)का मधेस प्रदेशका सांसद दीपन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमिता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार मुद्दा दायर गरेको हो । 

धनुषाको औरही नगरपालिकामा अस्पतालमा निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको छ । ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्। मुद्दा दायर भएसँगै उनको सांसद पद स्वत निलम्बनमा परेको छ।