स्क्वायर सहकारीको रकम हिनामिना आरोपमा अध्यक्षसहित तीन जना पक्राउ

काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयमा संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी दिए। पक्राउ पर्नेमा सहकारीका अध्‍यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय बासुदेव मान जोशी, सचिव ६७ वर्षीया सुवर्ण सेलालिक र सदस्य ५८ वर्षीय धर्म रत्न पाछैं छन्।

उनीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए।