बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१ घर भएका ३९ वर्षीय रामबहादुर बिष्ट छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२८ पुतलीसडकबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटन ललितपुरको २०७८ कात्तिक १४ गतेको फैसलाले उनलाई २० लाख रूपैयाँ जरिवाना, ७ दिन कैद र ८० हजार रूपैयाँ क्षतिपूर्ती भराउने सजाय ठहर भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएकोमा अदालतको आदेशानुसार कैद भुक्तानीको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको छ ।