मनसुनजन्य बाढीपहिरो बिपद् : ४१ जनाको मृत्यु, ३१ बेपत्ता

 काठमाण्डौँ - गत जेठ ३१ गतेबाट मनसुन सुरू भएयता बाढी–पहिरोबाट ४१ जनाको मृत्यु भएको छ । मनसुनजन्य विपदबाट ३१ जना बेपत्ता रहेको र ५५ जना घाइते हुन पुगेको गृहमन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले जानकारी दिएको छ ।

उसका अनुसार बाढी(पहिरोका कारण संखुवासभामा ३ जनाको मृत्यु भएको छ भने १९ जना हराइरहेका छन् । बेपत्ता भएकाहरू मजदुर रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। उनीहरू सुपर हेवा हाइड्रोका मजदुर रहेको प्रशासनले बताएको छ ।

पहिरोबाट ओखलढुंगामा ४, ताप्लेजुङ, अर्घाखाँची, मकवानपुर, दोलखा ३(३ जनाको मृत्यु भएको छ । काठमाडौं, रसुवा, गोरखा, तनहुँ, रूकुम पश्चिम, बैतडीमा २(२ जनाको मृत्यु भएको छ ।

बाढी(पहिरोले १ सय ३२ घरमा पूर्ण क्षति र १ सय ९४ घरमा आंशिक क्षति पुर्‍याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष बाढी पहिरोबाट १२ लाख ५४ हजार प्रभावित हुने अनुमान गरेको छ ।