राष्ट्रियसभा बैठक बस्दै यस्तो छ सम्भावित कार्यसूची

संघीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायन सम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।