जग्गा सम्बन्धी ठगी गरेको आरोपमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का एकजना पूर्व वडाअध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । पूर्व वडाध्यक्ष मोहनबहादुर विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) नवराज अधिकारीले बताए ।
५८ वर्षीय विष्ट शनिवार बिहान शंखपार्कबाट पक्राउ परेका हुन् । उनी नेकपा (एमाले) का तर्फबाट २०७४ मा वडा अध्यक्ष निर्वाचित भएका थिए । विष्टसहित ३ जनाले धर्मस्थलीमा रहेको जग्गा दिन्छौँ भनेर बैना लएको तर, सो जग्गा अरूलाई नै बेचेर ठगेको आरोप छ ।
तारकेश्वर नगरपालिका वडा नम्बर–८ घर भएका राजेन्द्र कोइरालासँग उनीहरूले ७ करोड ८७ लाख बैना लिएका थिए । ठगीमा संलग्न तारकेश्वर–८ घर भएकी ५७ वर्षीया सुलोचना कँडेल, ४३ वर्षीया शान्ति पाठक र ५८ वर्षीय रबित विष्ट फरार छन् ।