अख्तियार दुरूपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरूद्ध भष्टाचारको मुद्दा दर्ता गरेको छ। सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भष्टाचार गरेको आरोपमा तत्कालीन प्रशासकीय अधिकृत (हाल सूचना तथा प्रसारण विभागका महानिर्देशक) प्रदीप परियारसमेत ७ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा भष्टाचारको मुद्दा दायर गरेको हो।
ढलनिकाससम्बन्धी ठेक्कामा ठेकेदारसँग मिलेमतो गरी भ्रष्टाचार गरेको अख्तियारको दावी छ। चार करोड ३१ लाख ७२ हजार रुपैयाँ हिनामिना भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। यस मुद्दामा परियारसहित रविनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य लगायत प्रतिवादी छन्। परियार मेयर बालेनले नै महानगर लगेका प्रशासकीय अधिकृत हुन्।