काठमाडाै महानगरले करारमा ३० जना हेभि ड्राईभरको लागि जागिर खुलायो

काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि आवेदन खुलाएको छ। महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको हो।

चालकको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ। महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ। इच्छुकले महानगरपालिकाको वेबसाइटमा रहेको हेभी ड्राइभर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिन्छ। आवेदन आगामी साउन १६ गतेसम्म दिन सकिन्छ। दोब्बर दस्तुर तिरेर साउन २३ सम्म दिन सकिने महानगरले जनाएको छ।

हेर्नुहोस् महानगरको सूचना 
kmc-job-1720670002.jpg