डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगको नाममा सूचना जारी

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार ४९ उद्योगको नाममा सूचना जारी गरेको हो ।

सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ ।  महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने सूचनामा उल्लेख छ ।

notice-1728530188.jpg