यू १९ एसिया कप: अफगानिस्तानसँग नेपाल ७३ रनले पराजित

यूएईमा जारी यू–१९ एसिया कपको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको हो। आइतबार भएको खेलमा अफगानिस्तानले नेपालमाथि ७३ रनको फराकिलो जित निकालेकको हो। 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९ दशमलव ३ ओभरमा ९ विकेट गुमाएर २६१ रन बनाएको थियो। २६२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपाल ४० दशमलव १ ओभरमै १८८ रन बनाउँदै अलआउट भयो। नेपालका लागि ओपनर अर्जुन कुमालले ९१ रन बनाए, कप्तान देव खनाल २४ र गुलशन झाले १७ रन बनाउनुबाहेक अन्य व्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।