४०० रुपैयाँले सुनको मूल्य बढ्यो, तोलाको कति ? 

 काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख चार हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन शुक्रबार उक्त सुन तालोमा एक लाख तीन हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

तेजाबी सुन तोलामा एक लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।