सरकारी निकायको खर्च स्थिति कमजोर, ६ महिनामा कुन मन्त्रालयको कति ?

काठमाण्डौँ - अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षा गरिसकेको छ । अर्थ मन्त्रालयले गरेको समीक्षा आज सार्वजनिक हुँदै छ । सरकारले चालू आवका लागि १७ खर्ब ९३ अर्बको बजेट ल्याएको थियो । जसमध्ये ६ महिनामा कुल बजेटको ५ खर्ब ७६ अर्ब खर्च भएको हो । 

बजेटनिर्दिष्ट राजस्व आम्दानी नहुने देखिएसँगै सरकारले कुल बजेटको आकार नै घटाएको छ। अर्थ मन्त्रालयका अनुसार सबै निकायको खर्च समेत कमजोर छ । एक त सबै खर्च गर्नसक्ने स्थिति छैन । त्यसमा स्रोतको समेत कमजोर छ। त्यसकारण हरेक निकायको बजेट कटौती गरिएको छ । 

अर्थ मन्त्रालयले तयार गरेको तथ्याङ्कअनुसार विकासे मन्त्रालयदेखि बजेट विनियोजन गर्ने स्वयम् अर्थ मन्त्रालयको समेत खर्च कमजोर देखिएको छ। चालू खर्च लक्ष्यअनुसार नै खर्च हुँदा पुँजीगत खर्च भने कमजोर देखिएको हो  ।