राष्ट्रपति निर्वाचनमा राप्रपाले मत नदिने !

काठमाडौँ - आगामी निर्वाचनमा राष्ट्रपति निर्वाचनमा मत दिने कि नदिने भन्ने विषयमा मतभिन्नता देखिएको छ । प्रमुख सचेतकसमेत रहेका राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले राष्ट्रपति निर्वाचनमा राप्रपाले मत नदिने बताए । संवैधानिक राजतन्त्रको वकालत गर्ने पार्टीले राष्ट्रपति निर्वाचनमा मत दिन नहुने भन्दै एक समूहले अध्यक्ष राजेन्द्र लिङ्देनमाथि दबाव बढाउन थालेको छ ।

उनीहरुले संवैधानिक राजतन्त्र र हिन्दु राज्य कायम गर्ने मुद्दा बोकेर हिँडेको शक्तिले राष्ट्रपतिको चुनावमा मतदान गर्दा एजेण्डा कमजोर हुने तर्क गर्दै राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने भन्दै अध्यक्षमाथि दबाव बढाउन थालेका हुन् । तर अध्यक्ष लिङ्देन भने यही संविधानलाई मानेर निर्वाचनमा सहभागी भएर सरकारमा गइसकेपछि राष्ट्रपति निर्वाचनमा तटस्थ बस्न नहुने पक्षमा छन् ।