भूमि आयोगको जिल्ला समितिमा ३९ सदस्य थप

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका छन् । 

केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्थाअनुसार मन्त्री अधिकारीले मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरेका हुन् ।

मन्त्री अधिकारीले तेस्रो चरणमा अब बाँकी रहेका ९१ जना सदस्यहरू छिट्टै नियुक्त गर्ने जानकारी दिए । भूमि समस्याको दिगो समाधानका लागि मन्त्रालयले द्रुतगतिमा काम गरिरहेको मन्त्री अधिकारीको भनाइ छ ।

हेर्नुहोस सूचिसहित