काठमाण्डौँ। माघ २९ आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट सिलिङ निर्धारण गर्न बिहिवार राष्ट्रिय स्रोत अनुगमन समितिको बैठक आह्वान भएको छ। आज दिउँसो दुई बजे राष्ट्रिय योजना आयोगको कार्यालयमा समितिको बैठक डाकिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऎन अनुसार योजना आयोगले अर्थ मन्त्रालयसँग समन्वय गरी मध्यकालीन खर्च संरचना तथा आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम तर्जुमा गर्न लागिएको हो।
प्रतिक्रिया