अर्थतन्त्र सुधारको बाटोमा : देशको ७ महिनाको तथ्याङ्क कस्तो छ ? 

 काठमाण्डौँ - नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ७ महिनाको तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्ट हेर्दा अर्थतन्त्रमा सुधार देखिएको छ ।

राष्ट्र बैंकको रिपोर्ट अनुसार शोधनान्तर स्थिति आकर्षक ढङ्गले बढेको छ । माघ मसान्तसम्म शोधनान्तर स्थिति १३३ अर्ब २१ करोडले बचतमा रहेको छ । आयात १९.९ प्रतिशतले, निर्यात २९.० प्रतिशतले र कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले घटेको छ ।   

यता मुद्रास्फीति ७.८८ प्रतिशत रहेको छ । नेपाल भित्रिने रेमिट्यान्स निरन्तर बढ्दो क्रममा छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यसवर्ष नेपाल भित्रने रेमिट्यान्स २७.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो ।