दरबारमार्ग र ठमेल अबदेखि २४ सै घण्टा खुला

देशको केन्द्रीय राजधानी काठमाडौंको  पर्यटकीय केन्द्र ठमेल र दरबारमार्ग क्षेत्र  गृह मन्त्रालयको निर्णयअनुसार अब नयाँ वर्षदेखि २४ सै घन्टा खुल्ने भएका छन् । रात्रिकालीन व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयले २४ सै घन्टा सञ्चालन लागि गत साता छलफल गरेको थियोे । सोही छलफलका आधारमा तत्काल पूर्णकालीन रूपमा  नयाँ वर्षदेखि  खुल्न लागेको हो।