बम घरमा राखेर त्रसित पार्दै अज्ञात समुहद्वारा बुद्धचित्त मालाको बोड फडानी

काभ्रे । काभ्रे जिल्लाको रोशी गाउँपालिकामा अज्ञात, अपरिचित समुहले बुद्धचित्तको रुख फडानी गरेका र स्थानीयको घरको ढोकामा बम राखिएको पाइएको छ। रोशी गाउँपालिका - ५ नागवेली कोल्दोङमा ठगुरानी लामाको घरमा बम राखी बुद्धचित्त मालाको रुख फाडिएको हो।

गयराती अपरिचित समुह आइ स्थानीयको तीन घरमा बम राखी बुद्धचित्त मालाको रुख काटेको स्थानीयले जानकारी दिए । स्थानीय ठकुरानी तामाङको हरेक वर्ष करोडौंमा बिक्री गर्दै आएको मालाको बोट अपरिचित समुह आइ काटेर फरार भएका छन् ।

मुख्य मालाको पुरानो बोट काटेर तीन घरको आगनमा ४ वटा सकेट बम राखिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

अहिलेघटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरीको टोलीले अनुसन्धान गरिरहेका छन् ।