उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै, वरिष्ठ उपाध्यक्षमा कस्ले मार्लान् बाजी ? 

काठमाडौँ - नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन आज हुँदै छ । एक वरिष्ठ उपाध्यक्षसहित ५९ पदाधिकारी चुन्न बिहान ८ देखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुनेछ ।आज हुने निर्वाचनले एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुन्नेछ ।