कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

शका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।

पानी पर्न थालेपछि तापक्रम केही घट्न थालेको मौसमविदले बताएका छन् । नेपालको पूर्वक्षेत्रमा अस्तिदेखि पानी परिरहेकाले तापक्रम घटेको र अन्य क्षेत्रमा गर्मी भए पनि आजदेखि पानी परेर तापक्रम केही घट्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

यसैबीच पछिल्लो ३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षामापन केन्द्रहरू र आसपास क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले यो क्षेत्र भई बहने बिनय खोला लगायत अन्य स–साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।