अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी खोल प्रयोग गर्नुपर्ने

काठमाडौँ - अन्तःशुल्क स्टिकरको सुरक्षाका लागि अब पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने भएको छ । यो नियम १ असोजदेखि कार्यान्वयनमा आउने आन्तरिक राजस्व विभागले जनाएको छ ।

अन्तःशुल्क नियमावली २०५९ मा भएको २४ औं संशोधनले यस्तो व्यवस्था गरेको भन्दै विभागले सूचित गरेको छ । नयाँ नियम अनुसार १ असोजदेखि पैठारी गर्ने इजाजतपत्रवालाले समेत पैठारी गरेको मदिरा (बियर, वाइन र साइडरबाहेक)को बोतलमा अन्तःशुल्क टिकटको सुरक्षाका लागि पारदर्शी प्लास्टिकको खोल प्रयोग गर्नुपर्ने व्यवस्था गरेको हो ।