काठमाण्डैँ फाल्गुन १ - बैंक तथा वित्तीय संस्थासम्बन्धी ऎन (बाफिया)को दफा ११ मा राष्ट्र बैंकको अनुमतिमा वित्तीय संस्थाको संस्थापक सेयर सर्वसाधारणलाई हस्तान्तरण गर्न पाउने व्यवस्था भएपनि कार्यान्वयनमा आउन सकेको छैन ।
कानुन जारी भएको एक दसक बितिसक्दापनि उक्त व्यवस्था कार्यान्वयन नहुँदा बैंक एवं वित्तीय संस्थाका संस्थापक सेयरधनिले आफ्नो सेयर सर्वसाधारणलाई बिक्री गर्न समस्या पर्न गइ उनीहरुको पुँजी बैंकमा थन्किएर (डम्प) भएर बसेको छ भने अर्कोतिर अर्थतन्त्रका अन्य क्षेत्रमा लगानी अपुग भएको छ।
प्रतिक्रिया