नेपाली सेनाका उपरथी सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ - नेपाली सेनाका उपरथी सुदर्शन सिल्वाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । बिहीबार जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उनलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को यही चैत २४ गतेको बैठकबाट सिल्वाललाई उपरथीमा पदोन्नति गरिएको थियो । उनी यसअघि सहायक रथी थिए ।