हुलाक बचत बैंकको मेटिँदै अस्तित्व, कर्मचारीले लिएको २७ करोड ऋण जोखिममा

काठमाण्डौँ - विपन्न र सर्वसाधारण जनतालाई झन्डै पाँच दशक बैंकिङ पहुँच पुयाएको हुलाक बचत बैंकको अन्ततः अवसान भएको छ । गाउँगाउँका विपन्न र न्यून आम्दानी भएकाहरूलाई बचत गर्ने बानी विकास गराउने एक मात्रै बैंकका रूपमा हुलाक बचत बैंक रहेको थियो ।

ग्रामीण तहसम्म सञ्जाल भएको यो बैंकले जनताको पैसा बचत गर्थ्यो, ब्याज दिन्थ्यो । चाहिएको बखत बैंकबाट साँवा रकम झिकेर आफ्ना आर्थिक समस्या टार्ने गर्थे सर्वसाधारण स्थापनादेखि पुरानै पारावाट चलेको यो बैंक आधुनिक बैंक प्रणालीसँगै हिँड्न नसक्दा अवसान हुन पुगेको हो ।

बैंकको पहुँच नपुगेका बेला सरकारले जिल्ला हुलाकमार्फत हुलाक कर्मचारी र सर्वसाधारणमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी बचत गर्ने बानीको विकास गराउने र वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले बैंक सञ्चालन गरेको थियो ।

आर्थिक वर्ष २०३३र३४ मा हुलाक बचत बैंक स्थापना भएको थियो । करिब पाँच दशकदेखि बचत गर्दै आएका बचतकर्ताहरूका लागि सरल र सहज वित्तीय सेवा प्रदान गरेको बैंक अहिले बन्द गर्ने निर्णयमा सरकार पुगेको छ । बैंकमा रकम झिक्नेको भिड लागिरहेको छ ।

स्थानीय तहसम्मै सुविधा सम्पन्न आधुनिक बैंक प्रणाली पुगेपछि हुलाक बचत बैंकमा आकर्षण भएन । तर हुलाक सेवा विभाग र सञ्चार मन्त्रालयमा कार्यरत कर्मचारीहरूलाई ८ प्रतिशत ब्याजदरमा ऋण लिने सुविधा दिइएको छ । त्यस्तै ६ करोडसम्म निक्षेप भएका हुलाक बचत बैंकमा २ जना र ६ करोडभन्दा माथि भएका बैंकमा तीनजना कर्मचारीलाई १ लाखमा २ प्रतिशत ब्याजदरमा ऋण पाउने सुविधा छ ।

१ हजार ६८२ कर्मचारीले २७ करोड १३ लाख ऋण लिएका छन् । सर्वसाधारणको पैसा कर्मचारीले मात्रै लाभ लिने अवस्थाले पनि आकर्षण घटेको हो । ुऋणको सुविधा सबैको पहुँचमा बनाउन आवश्यक नीतिगत सुधारमा समेत सरकार उदासीन देखियो। बैंक सञ्चालन गर्न आवश्यक संवेदनशीलता न कर्मचारीबाट भयो न सरकारबाटै भयो,ु विभागका अधिकृत बस्यालले भने । यो समाचार नागरिक दैनिकमा छ ।