बैंकिङ कसुर मुद्दामा साढे २ करोड जरिवाना तोकिएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा २ करोड ५० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–९ घर भएका ३७ वर्षीय दिव्य श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए । 

रामबहादुर थिङले दिएको जाहेरीअनुसार सरकार प्रतिवादी भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले श्रेष्ठलाई साढे २ करोड जरिवाना र पीडितलाई थप साढे २ करोड बिगो भराउने फैसला गरेको थियो । 

२०८० असार ३ मा फैसला भएपछि प्रतिवादी श्रेष्ठ फरार थिए । उनलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको एसपी आचार्यले जानकारी दिए ।