नेसपा (नयाँ शक्ति) को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा  डा. बाबुराम भट्टराई निर्वाचित भएको छ । काठमाण्डौमा सम्पन्न पार्टीको पहिलो महाधिवेशनबाट भट्टराई अध्यक्ष पदमा निर्वाचित भएको हो । उनले आठ सय दुई मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेत्र चापागाईंले ७१ मत प्राप्त गरेको थियो । भट्टराई यसअघि पनि अध्यक्ष थियो ।

नयाँ शक्तिले ११ सदस्यीय पदाधिकारी, ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।