नेपाल टेलिकमको आन्तरिक रूपमा फाइभजी परीक्षण सुरु 

काठमाण्डौँ - नेपाल टेलिकमले आन्तरिक रूपमा फाइभजी परीक्षण सुरु गरेको छ । कम्पनीका अनुसार काठमाडौंको सुन्धारा र बबरमहलमा फाइभजी नेटवर्कका लागि उपकरण जडान गरिएको छ । सोही क्षेत्रबाट अहिले आन्तरिक परीक्षण भइरहेको कम्पनीका सहायक प्रवक्ता रञ्जित लोहियाले बताए । 

उनका अनुसार अहिले सर्वसाधारणका लागि फाइभजी नेटवर्क उपलब्ध छैन, कम्पनीका प्राविधिकले टोलीले नै विभिन्न ह्यान्डसेट नेटवर्कको परीक्षण गरिरहेको छ । हालसम्मको परीक्षणको नतिजा उत्साहजनक रहेको कम्पनीका प्रवक्ता लोहियाले बताए ।