सगरमाथा जलविद्युत कम्पनीको आईपीओ ८ चैतदेखि आउँदै

 काठमाडौँ - सगरमाथा जलविद्युत कम्पनीले चैत ८ गतेदेखि सर्बसाधारणको लागि आइपिओ जारी गर्ने भएको छ ।

कम्पनीले जारी पुँजी १ अर्ब १२ करोड रुपैयाँको ३९ प्रतिशतले हुन आउने ४३ करोड ६८ लाख रुपैयाँबराबरको ४३ लाख ६८ हजार कित्ता आईपीओका लागि छुट्याएको थियो ।  जसको १० प्रतिशतले हुन आउने ४ लाख ३६ हजार ८०० कित्ता सेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।

बाँकी रहेको सेयमध्ये ५ प्रतिशतले हुन आउने २ लाख १८ हजार ४०० कित्ता सामूहिक लगानी कोषहरुका लागि र ३ प्रतिशतले हुन आउने १ लाख ३१ हजार ४० कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको ३५ लाख ८१ हजार ७६० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

यस आईपीओमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ। यस आईपीओमा लगानीकर्ताले  न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन पाउने छन् । यस आईपीओमा लगानीकर्ताले चैत १२ गतेसम्म आवेदन दिन पाउने छन् । तोकिएको समयमा आवश्यक मात्रामा आवेदन नपरेको खण्डमा चैत २२ गतेसम्म आवेदन दिन पाउने छन् ।