राति देखि नै देशका विभिन्न भागहरुमा हल्कादेखि मध्यम वर्षा

गएराति देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो ६ घण्टामा डोटी, बाजुरा, अछाम र भोजपुरमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित केही ठाउँमा अहिले पनि पानी परिरहेको छ । महाशाखाका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै अरु प्रदेशका पहाडी भू-भाग र मधेश प्रदेशलगायत तराई भू-भागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।