काठमाण्डौँ - महिला टीट्वान्टी विश्वकप एसिया छनोट अघि नेपालले थाईल्यान्डसँग अभ्यास खेल खेल्ने भएको छ ।
मलेसियामा २८ अगस्टमा नेपालले सो अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । विश्वकपको एशिया छनोट आगामी अगस्ट २८ देखि सेप्टेम्बर ६ सम्म मलेसियामा हुने छ । एशिया छनौटमा १२ देशले भाग लिँदै छन्। जसमा नेपाल समुह ए मा रहेको छ ।
समुह ए मा नेपालसहित बहराइन भुटान, मलेसिया, कतार र युएई रहेका छन् । त्यस्तै समुह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड रहेका छन्। दुवै समुहबाट शिर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई देश विश्वकपका लागि छनोट हुने छन् ।
एसिया छनोटका लागि क्यानले बिहीबार रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। रुवी पोदार, खुसी डंगोल र पूजा महतोले पहिलो पटक राष्ट्रिय टोलीमा मौका पाएकी छिन्।