‘ऐंचो पैंचो’को ट्रेलर हेर्नुभयो ? 

काठमाडौँ - आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ऐंचो पैंचो’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच सिनेमाको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाको ट्रेलर रिलिज कार्यक्रममा नेकपा एसका नेता एवंम् पूर्व पर्यटन तथा संस्कृती मन्त्री प्रेम बहादुर आले प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । उनले पछिल्लो समय नेपालमा चलिरहेको राजनितिक अस्थिरतालाई सिनेमाले उठान गरेकाले आफ्नो मन छोएको बताए । सिनेमाको सार्वजनिक ट्रेलर हेर्दा ‘ऐंचो पैंचो’ उत्कृष्ट बनेको महसुस गरेको बताए ।

नेपालमा यस्तो बिषय वस्तुमा अझै धेरै सिनेमा निर्माण हुन जरुरी भएको भन्दै सिनेमा निर्माण अगाडी सिनेमाको कथामा आफुलाई पनि समावेश गरेको भएको थुप्रै नयाँ कुरा सिनेमामा आउन सक्ने बताए । तरपनि सिनेमामा जति आएका छन् यी कुरा मात्रै पनि दर्शकलाई हलसम्म ल्याउन पर्याप्त भएको उनको भनाई छ । उनले भदौं १४ गते आफु परिवार सहित हलमा गएर सिनेमा हेर्न पनि घोषणा गरे ।