आज गोवर्धन पूजा / म्ह: पूजा नेपाल सम्वत ११ ३९

आज गोवर्धन पूजा अर्थात यम पञ्चकको चौथो दिन काग, कुकुर, गाई हुँदै आजको दिन प्राचीन कृषिमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ ।  कृषि प्रधान देश नेपालमा आजदिनलाई आ- आफ्नो अनुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले  हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।

आजको दिनको अर्को महत्त्वपूर्ण सांस्कृतिक चाड देउँसी भैलो मनाइने प्रचलन रहिआएको छ।बलिराजाले पठाइएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको साङ्गिगीतिक समूह मिलेर देउँसी खेल्ने गरिन्छ ।