वैदेशिक रोजगारका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर – १ का मणिकुमार तामाङ पक्राउ

वैदेशिक रोजगारका लागि अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका– १ का २९ वर्षीय मणिकुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

तामाङले अल्बानिया पठाइदिन्छु भन्दै एकजनाबाट नगद पाँच लाख तीन हजार नौ सय लिई सम्पर्कविहीन भएका थिए। पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका– ६ दक्षिणढोकाबाट पक्राउ गरेको हो। तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।