मलामी आएका व्यक्तिको कुटपिटबाट घाटका कामदारको मृत्यु

मलामी आएका व्यक्तिको कुटपिटबाट घाटमा शव जलाउने एक पुरुषको मृत्युु मृत्युु भएको छ।सुनसरी जिल्लाको इटहरी उप- महानगरपालिका  वडा - ४  बुढिखोला किनारमा रहेको मुक्तिघाटमा मलामी आएका दुई जना व्यक्तिले चिर्पट प्रहार गर्दा शव जलाउँदै आएका एक कामदार २७ वर्षको बिनोद तामाङको मृत्यु भएको हो।

मुक्तिघाट क्षेत्र विकास समितिमा दाउराको चाङ मिलाउने र शव जलाउने काम गर्दै आएका तामाङलाई आइतबार दिउँसो २ बजेको समयमा मलामी आएका इटहरी उप - महानगरपालिका - ४ गौरीगाउँका अन्दाजी ३७ वर्षको उमेश तामाङ र धरानका ३० वर्षको अनिल तामाङले कुटपिट गरी चिर्पटले टाउकोमा प्रहार गरेका थिए । उपचारका क्रममा बेदान्त अस्पतालमा आइतबारनै मृत्यु भएको इलाका प्रहरी इटहरीले जनाएको छ।