कोशी प्रदेशमा कृषि राज्यमन्त्री बने गयानन्द मण्डल

 काठमाडौँ - कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले कांग्रेसबाट एक जना राज्यमन्त्री थप गरेका छन् । 
कांग्रेसका गयानन्द मण्डल बुधबार उद्योग कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्रीमा नियुक्त भएका हुन् । 

उनले बुधबार नै शपथ लिएर कार्यभार सम्हालेका छन् । मण्डल राज्यमन्त्री बनेसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ६ सदस्यीय भएको छ । यसअघि थापाले ४ मन्त्री नियुक्त गरिससकेका छन् । 

जसमा कांग्रेसबाट प्रदीपकुमार सुनुवार खानेपानी, सिञ्चाई तथा ऊर्जा, माओवादी केन्द्रबाट बाबुराम गौतम आर्थिक मामिला तथा योजना, नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जबेगु भौतिक पूर्वाधार विकास र जसपाबाट निर्मला लिम्बू स्वास्थ्य मन्त्री रहेका छन् ।