आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पछिल्लो ६ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्कादेखि मध्यम वर्षा भएको छ । गएराति सुदुरपश्चिमको दार्चुलामा ४८ दशमलव ४ र कर्णालीको मैना गाँउ स्टेशनमा ५२ मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बागमती प्रदेशको पहाडी भागका एक/दुई ठाँउमा ठूलो पानी पर्ने सम्भावना छ । दिउँसो देशभर मौसम साधारणतया बदली रहनेछ । मधेश प्रदेशलगायत कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई र पहाडी भाग तथा बाँकी प्रदेशको पहाडी भू–भागको थोरै ठाँउमा तथा बाँकी तराई भागका एक/दुई ठाँउमा मध्यम वर्षाको सम्भावना छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको छ । तैपनी बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहीरहेको छ ।