विक्रमजंग शाहको नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ - नेपाली कला क्षेत्रमा निर्माता, गायक तथा अभिनेताको रुपमा सक्रिय विक्रमजंग शाहले नयाँ गीत ‘गर्लफ्रेन्ड छोडे मैले’ सार्वजनिक गरेका छन् । यज्ञ विकको शब्द र सङ्गीत रहेको गीत गायनमा विक्रमलाई गायिका टिका पुनले साथ दिएकी छिन् । बिनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको भिडियोमा ब्रेकअपको कन्सेप्ट देखाईएको छ ।

प्रेमी र प्रेमिका बीच असमझदारी उत्पन्न भएपछि टुंगिने सम्बन्ध देखाएको गीतको भिडियोमा पल शाह, विजय पुन, बिष्णु पुन, यानी पुन लगायतले नृत्य गरेका छन् । गीतको भाव अनुसार नै भिडियो तयार गरिएको गायक विक्रमले बताए ।