रास्वपा सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । कास्की जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति मागेकाे थियाे ।
अदालतको अनुमतिपछि प्रहरीलाई काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने बाटो खुलेको छ।