कोशीका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत प्राप्त

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएको छ । ९३ सदस्यीय प्रदेशसभाबाट कार्कीको पक्षमा ८६ जना प्रदेशसभा सदस्यले मदतान गरेका छन् । विपक्षमा राप्रपाका ५ जनाले मत दिएका छन् । कार्कीलाई नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले मत दिएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भने विपक्षमा मत दिएको छ ।

गएको शनिवार प्रदेश सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले तत्काल विश्वासको मत लिनुभएको हो । यस पटक पनि कोशीमा सरकार बन्न नसकेको भएमा प्रदेशसभा नै विघटन हुने थियो ।